नेपालमा एकसिंगे गैंडा ६ वर्षमा १०७ थपिए

कठमाडौँ । नेपालमा एकसिंगे गैंडाको संख्या बढेको छ । ६ वर्षपछि भएको गणनामा १०७ गैंडा थपिएका छन् ।
राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७५१ वटा गैंडा छन् । यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् । सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा थिए । सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा रहेका छन् ।
यि क्षेत्रमा ६९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ वटा गैंडा रहेको पाइएको छ । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ६ वर्षमा ८९ गैंडा थपिएका र भने शुक्लाफाँटामा १० र बर्दियामा ९ वटा थपिएका वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका जानकारी गराए । पर्सामा भने गैंडा थपिएको छैन ।















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया