कोरोना संक्रमण रोक्न बहराइनका दर्जनौँ कैदी रिहा गरिँदै

एजेन्सी । बहराइनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ ।
जेलमा रहेका कैदीहरू असुरक्षित भएको भन्दै कैदीका आफन्तहरूले विरोध जनाएपछि उनिहरुलाई रिहाई गरीएको हो ।
बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैदीहरूमा कोभिड–१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै उनीहरूलाई रिहा गरिने भएको हो ।
बहराइनको मानव अधिकारवादी संगठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईका लागि प्रक्रिया अघि बढाइएको छ ।
उक्त योजनाअन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानूनी प्रक्रिया पुर्याएर रिहा गरिनेछ ।
रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अविभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ । उनले १० वर्षदेखि जेल जीवन बिताउँदै आएका थिए ।
















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया