गैँडाको सङ्ख्या बढेपछि मन्त्री आलेद्वारा खुशी व्यक्त

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा यस वर्ष एकसिङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएपछि खुशी व्यक्त गरेका छन् ।
चितवनमा आज सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजाले नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि भएको देखाएपछि मन्त्री आलेले खुशी व्यक्त गरेको हो ।
पाँच वर्षअघिको तुलनामा यस वर्ष १०७ वटा गैँडा वृद्धि भएको छ । नेपालमा गैँडाको बासस्थानको सुरक्षा तथा आहाराका लागि सरकारले गरेको योगदान पछिल्लो समय सफल हुँदै गएको मन्त्री आलेले बताए ।
उनले भने , “वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपालले गरेको योगदान अहिले सफल हुँदै आएको छ, जसको परिणाम आज सार्वजनिक गरिएको गैँडाको सङ्ख्यामा देखियो ।” नेपालमा गैडाको सङ्ख्या अबका वर्षहरुमा पनि बढ्दै जाने मन्त्री आलेले विश्वास गरेका छन् ।
यस वर्षको गणनामा नेपालमा एकसिङ्गे गैँडाको सङख्या ७५२ पुगेको छ । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ र पर्सा वन्यजन्तु आरक्षमा तीनवटा गैँडा भेटिएका हुन् ।









प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच के भयाे कुराकानी ?
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ (भिडियाे)
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया