नेपाल कोरोनाको दोस्रो लहरको जोखिममा
अस्पतालमा कोरोनाका जटिल बिरामी बढ्दै

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहँदा नेपालमा पनि कोरोनाको दोस्रो लहर चल्ने भन्दै विज्ञहरुले सर्तकता अपनाउन सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भारतमा देखिएका कुनै पनि कोरोनाको नयाँ भेरियन्ट नेपालमा सजिलै भित्रन सक्ने बताए ।
उनका अनुसार भारतमा कोरोनाका नयाँ प्रकारका भेरियन्ट भेटिनु भनेको हाम्रो घरको ढोकामै आइपुगेको बुझनुपर्छ । नेपाल र भारतका वीचमा रहेको खुल्ला सिमानाका कारण पनि बाक्लो आवातजावतले कोरोना फैलन सक्ने सम्भावा अधिक छ । डा.पुन भने, “आवातजावत जति हुने हो,त्यति नै तीव्र फैलिने हो त्यस कारण जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।”
काठमाडौं लगायत जनघनत्व बढी भएका स्थानमा कोरोनाको दोस्रो लहर टार्नै नसक्ने गरी फैलिने खतराको बढेको चिकित्सकहरु बताउँछन् ।
यूके भेरियेन्ट बढी संक्रामक र मृत्युदर उच्च रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलट्यान्ट डा.अनुप बाँस्तोलाले भारतमा देखिएको नयाँ भेरियन्ट नेपालमा रहेको आशंका गर्न सकिने बताउँछन् ।
उनका अनुसार अस्पतालमा बिरामीको संख्या ह्वातै वढेको हेर्दा नेपालमा पनि कोरोनाको दोस्रो अध्याय सुरु भइसकेको जनाउँछ । “पछिल्लो केही दिनमा अस्पतालमा सिकिस्त भई आइसीयूमा भर्ना गर्नुपर्ने बिरामीको संख्या ह्वातै बढेको छ,” उनले भने,“केही यता संक्रमितको मृत्यु नभएपनि सिकिस्त बिरामीको चाप बढ्दै गएमा २/ ३ साताभित्र मृत्युदर बढ्न सक्ने देखिएको छ ।”
अहिले टेकु अस्पतालमा कोरोनाका जटिल समस्या भइ आइसियूमा १४ जना बिरामी भर्ना रहेको उनले जानकारी दिए । उनका अनुसार सिकिस्त संक्रमितमध्ये चैत महिनामा ५५ वर्ष मुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा देखिएका छन् ।
यो तथ्यांक अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर हो । पहिलो लहरमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो कोरोनाको लहरमा युवा पुस्ता मात्र होइन बालबालिकामा समेत बढी जोखिम देखिएको डा.अनुप बाँस्तोलाको भनाई छ । थकाई भएको मानिसहरुमा निमोनिया देखिएको छ । टाउँको दुख्ने,ज्वरो आउँनेमा पनि कोरोना जटिल रुपमा देखिएको उनले जानकारी दिए ।
स्थल मार्ग र हवाइ मार्गबाट नेपाल भित्रिएकाहरुको खासै निगरानी समेत गर्न नसस्दा भारतमा ह्वातै बढेको कोरोना भाइरस नेपालमा पनि बढ्न थालेको उनको भनाई ।
यसैगरी, कोरोना भाइरसका नयाँ भेरियन्टले तिव्र गतिमा संक्रामण बढाएको र त्यसले मानिसहरुको मृत्युदर समेत बढाउन सक्ने खालको भएको संक्रामक रोग विशेषज्ञ डा सुवेदी बताउँछन् । पछिल्लो केही दिनको कोरोना परीक्षणमा ‘एस जिन नेगेटिभ’ को संख्या बढी देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले अब छिट्टै नै नेपालमा पनि जिन स्क्विेन्सिङ सुरु गर्ने तयारीमा रहेको बताए । उनका अनुसार अहिले उक्त मेसिन भैरहवा नाकामा आइपुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुगेपछि तुरुन्तै जडान गरेर सञ्चालनमा ल्याउने तयारीमा सरकार जुटेको छ ।
पछिल्लो केही दिन यता कोरोनाको संक्रमितको संख्या बढेको गुप्ता बताउँछन् । अहिले किटहरुको अभाव छैन्,यही प्रर्याप्त रहेको गुप्ताले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरेको छ । मन्त्रालयको तथ्याकं हेर्दा विभिन्न नाकामा गरिएको शनिबारसम्ममा ७ हजार ५६६ परीक्षणमा ३२४ एन्टिजेन परीक्षण पोजिटिभ भेटिएका छन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया