चीनले बनायो विश्वकै दोस्रो ठूलो बैहितान आयोजना, १६ हजार मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । चीनले तिब्बतमा मेगा बाँध निर्माणको योजना अघि सारेको छ । नयाँ बाँध परियोजना बनाउन चीनले आवश्यकतानुसार रकम खर्च गर्ने तयारी गरेको छ ।
तिब्बतको मेदोङ काउन्टीमा निर्माण हुने उक्त परियोजना थ्री गोर्जेज बाँध पछिको ठूलो हुने द इकोनोमिक टाइम्सले जनाएको छ । प्रस्तावित आयोजनाबाट प्रत्येक वर्ष ३० खर्ब युनिट बिजुली उत्पादन गर्न सकिने चीनले दाबी गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार चीनले अघि सारेको यो परियोजनाबाट वातावरणविद् र भारतमा त्रास बढेको छ ।
जलमार्ग हिमालय छोडेर भारतमा बग्नुअघि ब्रम्हपुत्र नदीको संरचना यस क्षेत्रमा विस्तार हुनेछ । १ हजार ५०० मिटरभन्दा अधिक उचाइमा विश्वको सबैभन्दा लामो र सबैभन्दा गहिरो बाँध बनाइले चीनले जनाएको छ ।
विश्वकै दोस्रो ठूलो बैहितान आयोजनाको बाँधमा पानी भर्न सुरु गरिएको छ । परियोजनाबाट १६ हजार मेगावाट बिजुली उत्पादन हुने अपेक्षा गरिएको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
यो परियोजनालाई चीनको १४ औं पञ्चवर्षीय योजनामा अघि बढाउने उल्लेख छ । ब्रम्हपुत्रलाई तिब्बतमा यार्लुङ नामले चिनिन्छ । गत अक्टोबरमा तिब्बतको स्थानीय सरकारले जलविद्युत् आयोजनामा विशेषज्ञता गर्ने सार्वजनिक निर्माण कम्पनी पावर चाइनासँग रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
याङत्जी नदीमा २२ हजार ५ सय मेगावाटको विश्वकै सबैभन्दा ठूलो थ्री गर्जेज बाँध निर्माण गरेको चीनले जिन्सा नदी मुख्य केन्द्रमा १६ हजार मेगावाट क्षमताको बैहितान जलाशययुक्त आयोजना सम्पन्न गरेको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया