चीनले बनायो विश्वकै दोस्रो ठूलो बैहितान आयोजना, १६ हजार मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । चीनले तिब्बतमा मेगा बाँध निर्माणको योजना अघि सारेको छ । नयाँ बाँध परियोजना बनाउन चीनले आवश्यकतानुसार रकम खर्च गर्ने तयारी गरेको छ ।
तिब्बतको मेदोङ काउन्टीमा निर्माण हुने उक्त परियोजना थ्री गोर्जेज बाँध पछिको ठूलो हुने द इकोनोमिक टाइम्सले जनाएको छ । प्रस्तावित आयोजनाबाट प्रत्येक वर्ष ३० खर्ब युनिट बिजुली उत्पादन गर्न सकिने चीनले दाबी गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार चीनले अघि सारेको यो परियोजनाबाट वातावरणविद् र भारतमा त्रास बढेको छ ।
जलमार्ग हिमालय छोडेर भारतमा बग्नुअघि ब्रम्हपुत्र नदीको संरचना यस क्षेत्रमा विस्तार हुनेछ । १ हजार ५०० मिटरभन्दा अधिक उचाइमा विश्वको सबैभन्दा लामो र सबैभन्दा गहिरो बाँध बनाइले चीनले जनाएको छ ।
विश्वकै दोस्रो ठूलो बैहितान आयोजनाको बाँधमा पानी भर्न सुरु गरिएको छ । परियोजनाबाट १६ हजार मेगावाट बिजुली उत्पादन हुने अपेक्षा गरिएको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
यो परियोजनालाई चीनको १४ औं पञ्चवर्षीय योजनामा अघि बढाउने उल्लेख छ । ब्रम्हपुत्रलाई तिब्बतमा यार्लुङ नामले चिनिन्छ । गत अक्टोबरमा तिब्बतको स्थानीय सरकारले जलविद्युत् आयोजनामा विशेषज्ञता गर्ने सार्वजनिक निर्माण कम्पनी पावर चाइनासँग रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
याङत्जी नदीमा २२ हजार ५ सय मेगावाटको विश्वकै सबैभन्दा ठूलो थ्री गर्जेज बाँध निर्माण गरेको चीनले जिन्सा नदी मुख्य केन्द्रमा १६ हजार मेगावाट क्षमताको बैहितान जलाशययुक्त आयोजना सम्पन्न गरेको छ ।










काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया