कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनका बारेमा छलफल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकमा आसन्न महाधिवेशनका बारेमा छलफल भएको छ । कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडाैंमा आयाेजना गरिएकाे छ । पार्टी कार्यालय सानेपामा आइतबार अपराह्न बसेकाे बैठकमा सोमबारदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका बारेमा पनि छलफल हुने केन्द्रीय सदस्य प्रदीप पाैडेलले जानकारी दिए ।
बैठकमा क्रियाशील सदस्यता छानबिन र समायोजनका विषयमा सम्बन्धित समितिका सभापति र सदस्यसँग छलफल भइरहेकाे छ । कांग्रेसले करिब ७० जिल्ला र ९० भन्दा बढी निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण गरिरहेकाे छ ।
अन्य निर्वाचन क्षेत्रमा पनि क्रियाशील सदस्यता वितरणको काम भइरहेको बताइएको छ । कांग्रेसको ७ जिल्लामा क्रियाशील सदस्यता वितरण भइरहेको छैन । ती जिल्लामा सदस्यता वितरण गर्नका लागि समस्या के हो, त्यसलाई पहिचान गरेर कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा बैठकमा छलफल हुने उनले बताए ।
बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएका छैनन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया