हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योग व्यवस्थापनले जनाएको छ ।
उद्योग व्यवस्थापनले गत चैत १४ गते करिब सात महिनापछि सिमेन्ट उत्पादन सुरु गरेको थियो । त्यसको भोलिपल्ट चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी (कोलमिल) को केही उपकरण बिग्रिएपछि भट्टी बन्द गर्नुपरेको थियो ।
उद्योगको कोलमिलमा गएराति कोइला ढुवानी गरी आगो बालिएको थियो । सिमेन्टको धुलो उत्पादन गर्ने क्लिङ्कर उत्पादन कार्य आजदेखि सुरु गरिएको जनाइएको छ ।
उद्योगमा सिमेन्ट उत्पादन नियमित गर्न आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडामा राखिएको छ । बाँकी आवश्यक कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको हेटौँडा सिमेन्ट उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आवश्यक कच्चा पदार्थ कोइला खरिद गर्न आर्थिक अभावका कारण पटक–पटक उत्पादनमा अवरोध आएको हो । उद्योगको साविक उत्पादन क्षमता दैनिक १८ हजार बोरा रहेको भए पनि उपकरण जीर्ण हुँदा हाल दैनिक ११ हजार बोरा मात्रै उत्पादन भइरहेको उनले बताए ।
विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योग स्थापना गरेको थियो । विसं २०४३ मङ्सिर २६ गते तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले उक्त उद्योगबाट उत्पादित सिमेन्टको व्यावसायिक शुभारम्भ गरेका थिए ।
तत्कालीन सरकारले उद्योग निर्माणमा करिब एक अर्ब ५० करोड रुपैयाँ लागत लगाएको थियो । उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौँडा, वीरगन्जलगायत सहरमा बिक्रीवितरण हुँदै आएको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया