कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताए । उनले भने, “आआफ्नो स्थानबाट इमानदार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ ।” अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उनको भनाइ थियो ।
अर्को एक प्रसङ्गमा नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए । उनले भने, “बिपीको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको थियो ।”कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले वडा तहदेखि नै सबैले मन भित्रको तिक्तता हटाएर पार्टी बलियो बनाएर जानुपर्ने बताए ।
–––









बाघ गणना पुस १ गतेदेखि
समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
गोँगबु बसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
प्रतिक्रिया