कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
मेरोन्यूज
२०७७ चैत ३० गते ११:५३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण सभापतिले बैठक स्थगित गराउन लगाएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो ।
कांग्रेसले करिब ७० जिल्ला र ९० भन्दा बढी निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण गरेको छ । अझै केही जिल्लामा क्रियाशील सदस्ता वितरण हुन सकेको छैन । कांग्रेसले आगामी भदौमा महाधिवेशन तोकेको छ ।
सम्बन्धित
प्रतिक्रिया