घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन। राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ । यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उनले बताए ।
गुँड खोजिसकेपछि पुनः कर्मचारी परिचालन गरी अण्डा सङ्कलनको काम सुरु गरिने छ । उनले भने, “अहिले गुँड पहिचानको काम भइरहेको छ । यस लगत्तै अण्डा सङ्कलनको काम गरिने छ ।” गुँडमा रहेका अण्डा सङ्कलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए । यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोज्न लागिएको हो ।
















गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया