नारायणी अस्पतालमा थप १० श्ययाको आइसियु र १७ वटा आइसोलेशन वार्ड तयार

पर्सा । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ ।
पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु र १७ श्ययाको आइसोलेशन वार्ड तयार परिएको हो ।
सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुलाई राख्न भेन्टिलेटरसहित उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरणसहितको १० श्यया आइसियु र सामान्य रोगी भएका सङ्क्रमितलाई राख्न १७ श्ययाको आइसोलेशन वार्ड तयार पारिएको नारायणी अस्पतालका स्टोर इन्चार्ज सुशील यादवले जानकारी दिए ।
उनले वीरगञ्जको गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा सङ्क्रमित राखी उपचार गर्ने क्रममा खरीद गरिएका उपकरण लगायतका अन्य सामग्रीलाई नै प्रयोग गरी अहिले आइसियु र आइसोलेशन वार्र्ड तयार पारिएको बताए । तयार पारिएको आइसियु तथा आइसोलेशन वार्डलाई सके आजैदेखि नभए भोलिदेखि सङ्क्रमित राख्ने काममा प्रयोग गरिने स्टोर इन्चार्ज यादवले जानकारी दिए ।
नारायणी अस्पतालको आकास्मिक कक्ष सँगैको केठामा हाल चार सङ्क्रमित र १० शङ्कास्पद बिरामी राखिएको अस्पतालले जनाएको छ । आइसोलेशन तथा आइसियु वार्डका लागि छुट्टै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।
पछिल्लाे एक साताभित्र नारायणी अस्पतालको प्रयोगशालामा २४७ जनाको नमूना परीक्षण गर्दा ९५ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेकाे छ । तीमध्ये ६८ जना पर्साका र बाँकी २७ बारा, रौतहट, सर्लाही र मकवानपुरका रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सोरजरोशन दासले जानकारी दिए ।
बितेको एक सातामा सबैभन्दा बढी चैत २९ गते ६० को नमूना परीक्षण गर्दा २८ सङ्क्रमित भेटिएको उनले बताए । भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३० सम्म रहेको चिकित्सकले जनाएका छन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया