नारायणी अस्पतालमा थप १० श्ययाको आइसियु र १७ वटा आइसोलेशन वार्ड तयार

पर्सा । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ ।
पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु र १७ श्ययाको आइसोलेशन वार्ड तयार परिएको हो ।
सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुलाई राख्न भेन्टिलेटरसहित उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरणसहितको १० श्यया आइसियु र सामान्य रोगी भएका सङ्क्रमितलाई राख्न १७ श्ययाको आइसोलेशन वार्ड तयार पारिएको नारायणी अस्पतालका स्टोर इन्चार्ज सुशील यादवले जानकारी दिए ।
उनले वीरगञ्जको गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा सङ्क्रमित राखी उपचार गर्ने क्रममा खरीद गरिएका उपकरण लगायतका अन्य सामग्रीलाई नै प्रयोग गरी अहिले आइसियु र आइसोलेशन वार्र्ड तयार पारिएको बताए । तयार पारिएको आइसियु तथा आइसोलेशन वार्डलाई सके आजैदेखि नभए भोलिदेखि सङ्क्रमित राख्ने काममा प्रयोग गरिने स्टोर इन्चार्ज यादवले जानकारी दिए ।
नारायणी अस्पतालको आकास्मिक कक्ष सँगैको केठामा हाल चार सङ्क्रमित र १० शङ्कास्पद बिरामी राखिएको अस्पतालले जनाएको छ । आइसोलेशन तथा आइसियु वार्डका लागि छुट्टै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।
पछिल्लाे एक साताभित्र नारायणी अस्पतालको प्रयोगशालामा २४७ जनाको नमूना परीक्षण गर्दा ९५ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेकाे छ । तीमध्ये ६८ जना पर्साका र बाँकी २७ बारा, रौतहट, सर्लाही र मकवानपुरका रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सोरजरोशन दासले जानकारी दिए ।
बितेको एक सातामा सबैभन्दा बढी चैत २९ गते ६० को नमूना परीक्षण गर्दा २८ सङ्क्रमित भेटिएको उनले बताए । भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३० सम्म रहेको चिकित्सकले जनाएका छन् ।













रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया