चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा

भद्रपुर (झापा)- मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सङ्कटा क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि तीन–तीन गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा एपिएफ विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सङ्कटाकी प्रतिक्षा राईको प्रहार बाहिरिएपछि एपिएफले जित निकालेको थियो ।
सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गरेकी छिन् भने सङ्कटाका तर्फबाट सुशीला चौधरी र झुमा विश्वकर्माले गोल गरेकी थिइन् । यसअघि भएको टाइब्रेकरमा एपिएफका गीता राना, अनिता बस्नेत र रश्मीकुमारी घिसिङले गोल गरे ।
अनिता केसी र रेनुका नगरकोटीको प्रहार भने सङ्कटाकी गोलकिपर सुशीला चौधरीले बचाइन् । सङ्कटाका तर्फबाट यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुशीया लीला जोसेले गोल गर्दा पूर्णिमा राईको प्रहार बचाउ भएको थियो भने सुनिता भुलनको प्रहार बाहिरिएको थियो ।
आजको खेलको ‘प्लेयर अफ दी म्याच’ एपिएफकी गीता राना घोषित हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया