शुक्रबार, वैशाख ११, २०८३

भारतले निर्यात खुला गरेपछि खोप पाउने पहिलो देश नेपाल बन्ने स्वास्थ्य मन्त्रीकाे दाबी

मेरोन्यूज २०७७ चैत ३१ गते १५:५९

Advertisement
NiccNicc

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले निर्यात खुला गरेपछि कोभिड-१९ विरुद्धको खोप पाउने पहिलो मुलुक नेपाल हुने दाबी गरेका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने “भारतले अहिले आफ्नै देशमा संक्रमण बढेका कारण अन्य देशलाई खोप पठाइरहेको छैन । तर ढुक्क हुनुस् निर्यात खुला गरेपछि कोभिड १९ विरुद्धको खोप पाउने पहिलो देश नेपाल नै हुनेछ ।”

नेपालले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख काेल्भिसिल्ड खाेप खरिद गरेकामा १० लाख डोज मात्र आएकाे थियाे भने अझै १० लाख खोप आउन बाँकी छ ।

प्रतिक्रिया