सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
मेरोन्यूज
२०८३ वैशाख ११ गते १२:२५

काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले लोकतन्त्रको विकल्प अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र भएको बताएका छन् ।
लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र आवश्यक रहेकोमा जोड दिएका छन् ।
सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नभई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै साझा दायित्व भएको सन्देशमा उल्लेख गरेका छन् ।
उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।
सम्बन्धित















राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया