अनलाइन नवीकरण नगरे दर्ता खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । अनलाइन नवीकरण नगरे दर्ता खारेज गर्ने सरकारको निर्णय संविधानसँग बाझिएको भन्दै सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता तथा पत्रकारद्वय लीलानाथ घिमिरे र बिष्णुकुमार गिरीले दिएको रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले आज उक्त निर्णय खारेज गरेको हो ।
‘नेपालको संविधानको धारा १९ को उपधारा (२) मा कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामाग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापेबापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन भन्ने व्यवस्था देखियो । संविधानको उक्त व्यवस्था विपरित रोक लगाउने गरी भएको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ (३) को म्यादभित्र नवीकरण नगराउन अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानूनबमोजिम रोक लगाउन सकिने छ भन्ने व्यवस्था संविधानको उक्त व्यवस्थासँग प्रतिकूल देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ’, फैसलामा उल्लेख छ ।


















महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया