नयाँ सरकार निर्माणमा एकजुट हुन प्रचण्डको अपील

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ सरकार निर्माणका लागि एकजुट हुन आव्हान गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा एक शुभकामना सन्देश जारी गदै प्रचण्डले त्यस्तो आव्हान गरेका हुन् ।
कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई उठाउन अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धता जरुरी रहेको भन्दै प्रचण्डले प्रतिगामी कदम विरुद्ध संघर्षरत सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकतावद्ध पहलकदमी लिन र नयाँ सरकार निर्माणका लागि एकजुट हुन आव्हान गरेका हुन् ।
प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, -दुई ठूला कम्युनिष्ट पार्टीहरु बीचको एकताबाट निर्माण हुने शक्तिले देशलाई नेतृत्व गर्ने, जनतालाई सामाजिक न्याय र आत्मसम्मान दिने र राष्ट्रिय एकता कायम गर्दै विकास, निर्माण र उत्पादन वृद्धिको अभियान चलाउने भन्ने हामीले सपना देखेका थियौं । नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दुरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरु बीच एकता कायम भएको हो । कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरे । प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछु ।
प्रचण्डले नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायू र समृद्धिको हार्दिक शुभकामना व्यक्त गदैं नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्ति विरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास ब्यक्त गरेका छन् ।
प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको प्रचण्डको ठहर छ । प्रतिगामी कदम विरुद्ध संघर्षरत सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकतावद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आव्हान पनि गर्दछु,- प्रचण्डले भनेका छन् ।
अबको हाम्रो समाजवाद कस्तो हुने, यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ दिनुपर्ने भन्दै प्रचण्डले वर्ग संघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोग जस्ता समाज विकासका नियमहरुलाई आत्मसाथ गर्दै बिचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ । कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचनाप्रविधिमा आएको विकासलाई उत्पादन र वर्गसंघर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्ने वताएका छन् ।
नयाँ वर्षले नेपाली मौलिकता सहितको समाजवादको लक्ष्यमा नयाँ उत्साह, उमंग र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्दै विभिन्न समुदायमा रहेका सम्पूर्ण नेपाली जनसमुदायबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धिको शुभेच्छा पनि प्रचण्डले ब्यक्त गरेका छन् ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया