काठमाडौं उपत्यकामा ४६ कोरोना संक्रमित आइसीयु र भेन्टिलेटरमा, कुन अस्पतालमा कति ?

काठमाडौं । नेपालमा कोरोनाका जटिल बिरामीहरु बढ्न थालेका छन् । पछिल्लो केही दिनको तथ्याकं हेर्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दो छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कोरोनाको जटिल समस्या देखिएर ३३ जना आइसीयू र १३ जना भेन्टिलेटरमा गरी कुल ४६ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकाकै विभिन् अस्पतालमा ११८ संक्रमित आइसोलेनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
कुन अस्पतालमा कति संक्रमित आइसीयू र भेन्टिलेटरमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शसस्त्र प्रहरी वल अस्पताल बलम्बुमा २७ जना आइसोलेसनमा र नौं जना आइसीयू गरी ३६ जना संक्रमित उपचाररत रहेका छन् ।
वीर अस्पतालमा सात जना आइसोेलेसन,आइसीयूमा चार र भेन्टिलेटरमा १ जना गरी ११ जना उपचाररत रहेका छन् । नेपाल प्रहरी अस्पतालको आइसोलेसनमा पाँच जना उपचाररत रहेका छन् जसमा चार जना आइसोलेनमा र एक जना आइसीयूमा उपचार रहेको अस्पतालले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३३ जना संक्रमित उपचाररत रहेका छन् । जसमा १८ जना आइसोलेसनमा ,१० जना आइसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा ११ जना संक्रमित उपचाररत रहेका छन् जसमा आठ जना आइसोलेसनमा , २ जना आइसीयू र एक जना भेन्टिलेरमा उपचाररत रहेका छन् ।पाटन अस्पतालमा ४४ जना संक्रमित उपचाररत रहेका छन् जसमा ३६ जना आइसोलेसनमा तीन जना आइसीयू र पाँच जना भेन्टिलेरमा उपचाररहेका मन्त्रालयले जनाएको छ ।
ग्रान्डी अस्पतालको आइसोलेसनमा आठ जना र ह्याम्स अस्पतालमा १५ जना उपचाररत रहेका छन, जसमा १० जना आइसोलेसनमा, चार जना आइसीयू र एक जना भेन्टिलेरमा उपचाररत रहेका छन् ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया