काठमाडौं उपत्यकामा ४६ कोरोना संक्रमित आइसीयु र भेन्टिलेटरमा, कुन अस्पतालमा कति ?

काठमाडौं । नेपालमा कोरोनाका जटिल बिरामीहरु बढ्न थालेका छन् । पछिल्लो केही दिनको तथ्याकं हेर्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दो छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कोरोनाको जटिल समस्या देखिएर ३३ जना आइसीयू र १३ जना भेन्टिलेटरमा गरी कुल ४६ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकाकै विभिन् अस्पतालमा ११८ संक्रमित आइसोलेनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
कुन अस्पतालमा कति संक्रमित आइसीयू र भेन्टिलेटरमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शसस्त्र प्रहरी वल अस्पताल बलम्बुमा २७ जना आइसोलेसनमा र नौं जना आइसीयू गरी ३६ जना संक्रमित उपचाररत रहेका छन् ।
वीर अस्पतालमा सात जना आइसोेलेसन,आइसीयूमा चार र भेन्टिलेटरमा १ जना गरी ११ जना उपचाररत रहेका छन् । नेपाल प्रहरी अस्पतालको आइसोलेसनमा पाँच जना उपचाररत रहेका छन् जसमा चार जना आइसोलेनमा र एक जना आइसीयूमा उपचार रहेको अस्पतालले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३३ जना संक्रमित उपचाररत रहेका छन् । जसमा १८ जना आइसोलेसनमा ,१० जना आइसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा ११ जना संक्रमित उपचाररत रहेका छन् जसमा आठ जना आइसोलेसनमा , २ जना आइसीयू र एक जना भेन्टिलेरमा उपचाररत रहेका छन् ।पाटन अस्पतालमा ४४ जना संक्रमित उपचाररत रहेका छन् जसमा ३६ जना आइसोलेसनमा तीन जना आइसीयू र पाँच जना भेन्टिलेरमा उपचाररहेका मन्त्रालयले जनाएको छ ।
ग्रान्डी अस्पतालको आइसोलेसनमा आठ जना र ह्याम्स अस्पतालमा १५ जना उपचाररत रहेका छन, जसमा १० जना आइसोलेसनमा, चार जना आइसीयू र एक जना भेन्टिलेरमा उपचाररत रहेका छन् ।











७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया