प्युठानमा जिप दुर्घटनाः प्रशासकीय अधिकृत सहित ५ जनाको मृत्यु (अपडेट)

प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
तम्घास बाट जिल्ला प्रसासनको टोलि लियर गएको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी जाने क्रममा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कालिगण्डकी गाउँपालिका स्याङ्जाका श्याम न्यौपाने, कार्यालयका खरिदार धुर्कोट गाउँपालिका-७ गुल्मीका ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका -७ का सूर्य पन्थी र गाडी चालक मुसिकोट-३ का केशव कार्की तथा धुर्कोटकै यमलाल पन्थी रहेका छन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिए ।
दुर्घटनाका अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको गैरेले बताए।

















काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया