विप्लवको केन्द्रीय कार्यालय कपिलवस्तुमा !

कपिलवस्तु । गत फागुन २१ गते सरकारसँग तीन वुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको सम्पर्क कार्यालय काठमाडौं भन्दा वाहिर राख्ने संकेत गरेको छ । औपचारिक रुपमा केही नवताएपनि महासचिव विप्लवले वुधबार कपिलवस्तुको शिवगढीमा एक कार्यक्रम आयोजना गरी केन्द्रीय सम्पर्क कार्यालय र सभागृहको शिलान्यास गरेका हुन् ।
आफ्ना वन्दी नेता तथा कार्यकर्ता अझै सरकारले नछोडेको र विप्लव केही दिन देखि सम्पर्क बाहिर रहेको भनी सार्वजनिक समाचारमा तीन दिन अगाडी मात्रै केन्द्रीय कार्यालयका तर्फबाट असल क्षेत्रीले वक्तब्य जारी गरेर खण्डन गरेका थिए । आज नयाँ वर्षको अवसर पारेर महासचिव विप्लव स्वंमले केन्द्रीय सम्र्पक कार्यालयको कपिलवस्तुको शिवगढीमा शिलान्यास गरेका हुन् ।
शिवगढी विप्लव स्वंयमको गाउँ पनि हो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, कपिलवस्तु जिल्ला ईन्चार्ज जुजारु,पाल्पा ईन्चार्ज तथा अखिल ((क्रान्तिकारी) पुर्व केन्द्रीय अध्यक्ष प्रविण,अखिल(क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक,लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विक लगायतको उपस्थिति रहेको थियोे । साथै उक्त शिलान्यास कार्यक्रममा सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।










समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
गोँगबु बसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
प्रतिक्रिया