बिहीबार, फागुन २१, २०८२

विप्लवको केन्द्रीय कार्यालय कपिलवस्तुमा !

मेरोन्यूज २०७८ वैशाख १ गते १६:१०

कपिलवस्तु । गत फागुन २१ गते सरकारसँग तीन वुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको सम्पर्क कार्यालय काठमाडौं भन्दा वाहिर राख्ने संकेत गरेको छ । औपचारिक रुपमा केही नवताएपनि महासचिव विप्लवले वुधबार कपिलवस्तुको शिवगढीमा एक कार्यक्रम आयोजना गरी केन्द्रीय सम्पर्क कार्यालय र सभागृहको शिलान्यास गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

आफ्ना वन्दी नेता तथा कार्यकर्ता अझै सरकारले नछोडेको र विप्लव केही दिन देखि सम्पर्क बाहिर रहेको भनी सार्वजनिक समाचारमा तीन दिन अगाडी मात्रै केन्द्रीय कार्यालयका तर्फबाट असल क्षेत्रीले वक्तब्य जारी गरेर खण्डन गरेका थिए । आज नयाँ वर्षको अवसर पारेर महासचिव विप्लव स्वंमले केन्द्रीय सम्र्पक कार्यालयको कपिलवस्तुको शिवगढीमा शिलान्यास गरेका हुन् ।

शिवगढी विप्लव स्वंयमको गाउँ पनि हो ।

कपिलवस्तुको शिवगढीमा एक कार्यक्रम आयोजना गरी केन्द्रीय सम्र्पक कार्यलय र सभागृहको शिलान्यास गदैं नेकपा महासचिव विप्लव

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, कपिलवस्तु जिल्ला ईन्चार्ज जुजारु,पाल्पा ईन्चार्ज तथा अखिल ((क्रान्तिकारी) पुर्व केन्द्रीय अध्यक्ष प्रविण,अखिल(क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक,लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विक लगायतको उपस्थिति रहेको थियोे । साथै उक्त शिलान्यास कार्यक्रममा सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया