नेपालमा पनि भेटियो कोरोनाकाे ‘डबल म्युटेन्ट भेरियन्ट’

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएको जनाकारी दिए ।
उनका अनुसार ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘युके भेरियन्ट’ देखिएको छ । उनले भने,“उनीहरु १० जनाको नमुना सर्वेक्षणबाट ‘एस जिन नेगेटिभ’ भएका १० र पाँचवटा पिसिआर पोजेटिभ भएका नमुना ‘जिन सिक्वेन्सिङ’ गर्न हङकङ पठाइएको थियो ।”
नेपालमा ‘युके भेरियन्ट’ फैलिसकेको उनले जानकारी दिए।
नयाँ प्रजातीको भारइस फैलिएको हुनसक्ने भन्दै ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना बाहिर पठाएको थियो ।संक्रमण पुुष्टि हुनेमा २१ देखि ५९ वर्षसम्मका महाशाखाले जनाएको छ ।
उनका अनुसार कास्कीका दुई, काठमाडौंका चार, भक्तपुरका दुई र नुवाकोटका एकजनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो । नमुना लिएकोमध्ये एकजना दार्चुलाका थिए। तर, उनको ‘भेरियन्ट’ पुष्टि भएको छैन।
त्यसैगरी पिसिआरमार्फत पठाइएका नमुनामध्ये एकजनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको छ र अन्यमा भने पूरानै कोरोना संक्रमण देखिएको छ।
















सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया