रोल्पा पुगेर नेता पुनले भने: प्रधानमन्त्रीज्यू अलिकति नैतिकता छ भने राजीनामा दिनुस्, नत्र हटाउछौं

रोल्पा । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुलिचौर पुगेर नेता पुनले भने, ‘अलिकित नैतिकता छ भने राजीनामा दिनुस्, मैले जनतामा जाने संकल्प गरे । मेरो लाईन त्यो थियो तर फेल भयो, जनताले रोक्यो, सर्वोच्च अदालतले रोक्यो, प्रतिनिधिसभाको दुई वर्षको कार्यकालमा म केही जिम्मा लिँदैन भन्नुस् । तपाईका अहिलेका कमजोरी, अहिलका आलोचना रातारात पाखालीने छन् । तपाईंको व्यक्तित्व अग्लिने छ ।’
प्रथम सुनिल स्मृति गाउँपालिका अध्यक्षकप खेलकुद प्रतियोगितालाई सम्बोधन गर्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका रोल्पाका जनप्रतिनिधि पुनले प्रधानमन्त्री ओलीले विकास, राजनीति र सुशासनको गन्तव्यबाट विमुख भएको टिप्पणी गरे ।
‘प्रधानमन्त्री ओलीले नेकपाले घोषणा गरेको जस्तो विकासको सपना पुरा गर्न सक्नु भएन । आज गर्नुपर्ने काम नगर्ने तर १०/२० वर्षपछि हुनसक्ने कामलाई सपनाको रुपमा बाढ्ने काम भयो । उहाँले पानी जहाज कार्यालय उद्घाटन गरेर टिकट काट्न तयार हुनुस भन्नुभयो । तर कुसुन्तीमा अहिले पनि पानीजहाजको कार्यालयमा माकुराले जालो लगाएको छ’, उनले भने ।
कामको प्राथामिकता छुट्याउने र सोहीअनुसार काम गर्ने क्षमता प्रधानमन्त्रीमा नरहेको अनुभव आफूले संवै क्याविनेटमा गरेको उनको भनाइ थियो ।
‘अहिले पनि २० प्रतिशन नागरिक खाना नपुग्ने अवस्थामा छन् । संविधानले खाध्य सुरक्षाको ज्ञारेन्टी गरेको छ । तर प्रधानमन्त्री त्यो प्राथामिकताको विषयमा प्रवेश गर्नुभएन । भोली रेल, पानी जहाज पनि ल्याउने हो । तर आजको आवश्यकता र प्राथामिकता किटान गरेर काम गर्नुपर्दछ । प्रथामिकता किटान नहुंदा प्रधानमन्त्रीको आलोचना भयो । त्यसपछि उहाँ आलोचक खोज्दै गाली गर्न थाल्नुभयो । विश्वभर कोरोनाको सुई पत्ता लागिरहेको थिएन । तर प्रधानमन्त्री ओली बेसार पानी र तातो पानीको कुरा गर्न थाल्नुभयो’, नेता पुनले भने ।
नेता पुनले भने,“ यसरी देश चल्दैन, केही दिनपछि ओली जि हटाइनुभयो,अविश्वासको प्रस्ताव पेश भयो र नयाँ गठवन्धन बन्यो भनेर सुन्न पाउनु हुनेछ ।”
नेता पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि हटाउने चेतावनी दिए । उनीहरुले प्रदेशको स्वायत्तता बचाउने भन्दापनि प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र असंवैधानिक कदमलाई समर्थन गरेको नेता पुनको भनाइ छ । प्रधानमन्त्रीले प्रदेश विघटन गर्छु भन्दापनि मुख्यमन्त्री पोख्रेल र गुरुङले सुनेर बसेको उनकाे टिप्पणी थियाे ।
उनले भने, “यतैतिर शंकर पोख्रेल जीले माओवादी केन्द्र, प्रचण्डको ग्रुपले अब चुनाव जित्ने जम्मा रोल्पा र रुकुम हो तर त्यहाँबाट पनि हार्दैछन् भन्नुहुन्थ्यो । त्यो त दुईवर्षपछिको कुरो हो हेरौला । तर अहिले शंकर जी हटाइदै हुनुहुन्छ । पृथ्वीसुब्बा जी हटाइदै हुनुहुन्छ । केही हप्ताभित्र उहाँहरु मुख्यमन्त्री रहनुहुन्छ । मलाई माफ गर्नुहाेला म यत्ति भन्न बाध्य भए ।”
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया