१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै

ढोरपाटन (बागलुङ)। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारमार्फत बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत उक्त आयोजना कार्यान्वयनमा आएका हुन् । प्रदेश सरकारले विनियोजन गरेको रु १५ करोड बढी लागतमा सिँचाइ आयोजनाको काम अगाडि बढाइएको हो ।
यस वर्षमा १४ वटा तटबन्धसहित ११३ आयोजना जिल्लामा रहेका छन् । तीमध्ये ६० वटा आयोजना उपभोक्ता समितिमार्फत काम भइरहेका छन् भने १६ वटा ठेक्कामार्फत काम भइरहेका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सुवोध नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार ११ वटा आयोजना ठेक्का लगाउने प्रक्रियामा र बाँकी आयोजना सम्झौताको प्रक्रियामा छन् ।
नेपालले भने, “यस वर्षका अधिकांश आयोजना कार्यान्वयनमा गइसकेका छन्, केही आयोजना सम्पन्न पनि भएका छन् । असार मसान्तभित्रै काम सक्नुपर्ने धेरैजसो आयोजनाको काम अहिले धमाधम भइरहेको छ ।”
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको करिब २० प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ । जिल्लामा कुल एक लाख ७८ हजार ४०० हेक्टर जमिन रहेकामा ४६ हजार १४८ हेक्टर जमिन खेतीयोग्य छ ।
हाल ३० हजार ५६४ हेक्टरमा खेती हुँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले जनाएको छ । हालसम्म छ हजार ९१३ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार ८१५ हेक्टर रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी नेपालले जानकारी दिए ।
बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भूभाग भिरालो छ । जिल्लाका धेरैजसो स्थानमा अझै पनि सिँचाइको प्रभावकारी सुविधा नहुँदा उत्पादन बढाउन नसकिएको अगुवा किसान प्रेमप्रसाद कँडेलले बताए । जिल्लाका अधिकांश भूगोल भिरालो रहेकाले सिँचाइको प्रभावकारी सुविधा पुग्नुपर्नेमा उनले जोड दिए ।
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया