ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति मातमेला सिरिल रामाफोसासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
प्रिटोरियास्थित सेफाको मापोगो माकगाथो राष्ट्रपति अतिथिगृहमा बुधबार आयोजित विशेष समारोहमा राजदुत विश्वकर्माले ओहोदाको प्रमाणपत्र पेश गगरेका हुन् । सो क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति रामाफोसाको व्यक्तिगत सुस्वास्थ्य तथा दक्षिण अफ्रिकाका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।
त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत विश्वकर्माले नेपाल र दक्षिण अफ्रिकाबीचको सम्बन्ध मैत्री, पारस्परिक विश्वास, सद्भाव, समझदारी एवं सहयोगमा आधारित रहेको बताए ।
राजदूत विश्वकर्मालाई स्वागत गर्दै राष्ट्रपति रामाफोसाले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रिटोरियास्थित नेपाली दूतावासले आज जनाएको छ ।
















संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले पठाए फिर्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया