नेपाल लाईफले वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल लाईफ इन्स्योरेन्सले २५ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य तथा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
‘लाइफ इज प्रिसिअस लेट्स अपलिफ्ट इट टुगेदर’ भन्ने सन्देश सहित आयोजना हुन लागेको निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरेको छ ।
स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान साढे ९ बजेदेखि साँझ साढे ६ बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
यस्तै, रक्तदान कार्यक्रम बैशाख २१ गते बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ । साथै देश भरका सातै वोता प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।
कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।
















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया