हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर परीक्षण सुरु

हेटौंडा । हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरु गरेको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.प्रवीण श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा ल्याब्रोटोरी मेसिनका माध्यमले क्यान्सर पत्ता लगाउन शुरु गरिएको हो । रगतका माध्यमले गरिने यो परीक्षणबाट महिलाको पाठेघर,अण्डकोष र पुरुषको प्रोस्टेड परीक्षणका लागि काम शुरु गरिएको उनले बताए । रगतका माध्यमले पत्ता लगाइने क्यान्सर जचाउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको उनले बताए । सरकारी अस्पताल बाहिर परीक्षण गर्दा तेब्बर मूल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभावकारी हुने उनले जानकारी दिए ।
यसैगरी शरीरको हड्डी कमजोर भएकालाई भिटामिन डी र शरीरमा भिटामिनको मात्रा पुग्छ कि पुग्दैन भनेर गरिने डी १२ कोे परीक्षण पनि शुरु गरिएको छ । हेटौँडा अस्पतालमा एकपछि अर्को सेवा थपिँदै जानाले मकवानपुरसहित छिमेकी चितवन र बारा जिल्लावासीको लागि सामान्य बिरामी हुँदा पनि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।
अस्पतालमा बालरोग विशेषज्ञ, सर्जरी विशेषज्ञ, हड्डी रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, भविष्यतकाललगायतका विविध रोगका विज्ञ चिकित्सक रहेका छन् ।
सरकारी मान्यताअनुसार ५० शय्याको यस हेटौँडा अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमा रहेको छ । अस्पतालमा मकवानपुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरूपमा सेवा लिँदै आएका छन् । बिरामीको नियमित उपचारबाहेक हेटौँडा अस्पतालले विभिन्न जटिल प्रकृतिका नाक, कान, घाँटी, हड्डी, पत्थर, आन्द्रा, पाठेघरलगायतका उचित शल्यक्रियासमेत यस अस्पतालबाट सेवा प्रभाव गर्ने गरिन्छ ।
वाग्मती प्रदेश सरकारमातहत हेटौँडा अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ चिकित्सक तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न गरेको छ । अस्पतालमा ५२ मेडिकल अफिसरसहित २१० कर्मचारी कार्यरत छन् ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया