नेपाल भानुआटुसँग २२ रनले पराजित

काठमाडौँ आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको छ ।
रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको हो । जितका लागि ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५।३ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमै समेटियो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रनको योगदान दिइन् । उनले १९ बलमा ४ चौका प्रहार गरिन् । त्यस्तै कप्तान इन्दु वर्माले १३ र कविता कुँवरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ भानुआटुका लागि भानेसा भिरा र नासिमाना नवाइकाले तीन तीन विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो । भानुआटुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले ५० बलमा दुई चौका र दुई छक्का हानिन् । यस्तै नासिमाना नवाइकाले १८ तथा सेलिना सोलमन र सुसन स्टीफनले १०÷१० रन बनाए ।
बलिङतर्फ नेपालका लागि रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यस्तै मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले एक एक विकेट लिए । अब नेपालले यही वैशाख १३ गते अमेरिकासँग खेल्नेछ ।














सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया