बिहीबार, चैत १९, २०८२

बाँकेका विद्यालय शुक्रवारदेखि एक हप्ता बन्द

मेरोन्यूज २०७८ वैशाख २ गते १५:५४

बाँके । बाँकेमा भोलीबाट एक साता विद्यालय बन्द गर्ने भएको छ । कोरोनाको संक्रमण ह्वातै बढेपछि बिहिबार एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले विपद् ब्यवस्थापन समितिको बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिइन्।

Advertisement
nepal life insurencenepal life insurence

उनले भनिन्,“एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ ।” बाँकेमा बुधवार मात्रै एकैदिन १२३ जना नयाँ संक्रमित थपिएका थिए ।

प्रतिक्रिया