सांसद रावलको घरमा ढुंगा हान्ने २ जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २ गते १८:४०

काठमाडौं । नेकपा (एमाले)का सांसद झपट बहादुर रावल बसेको घरमा ढुंगा हानेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले रामेछापको गोकुलगंगा गाउँपालिका-१ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्दै आएका २२ बर्षीय मनोज तामाङ र पाचथर फिदिम नगरपालिका-१० याङ्नाम घर भई हाल ललितपुर ईमाडोल बस्दै आएका २४ बर्षीय नसिम लिम्बुलाई पक्राउ गरेको हो ।
नेता रावल बस्दै आएको काठमाडौं महानगरपालिका-३१ कारेश्वर मन्दिर नजिक रहेको धुर्बलाल श्रेष्ठको घरमा अनाधिकृत रुपमा प्रवेश गरी बुधबार राति ढुङ्गामुढा गरी फरार भएका उनिहरुलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका उनिहरुको अनुसन्धानका लागि महानगरीय प्रहरी बृत बानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।
सम्बन्धित
















दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया