ओली नेतृत्वको सरकारले संसद निष्क्रय पार्न खोजेको कांग्रेस नेता सिंहको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस दिन नसक्दा मुलुकमा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्य प्रसाद रेग्मीको प्रथम स्मृतीसभामा बोल्दै नेता सिंहले संसदलाई बिजनेस नदिएर ओली नेतृत्वको सरकारले संसद निष्क्रय पार्न खोजेको आरोप लगाएका हुन् ।
‘सरकार भएर पनि छ कि छैन जस्तो लाग्छ । संसदलाई बिजनेस नदिदा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था सिर्जना भईसक्यो’उनले भने ,‘आफ्नै पार्टीको अन्तर झगडाको कारणले गर्दा संसद भङ्ग गर्ने गरेर ओलीले आफ्नो नैतिकताको स्तर देखाईसकेका छन् । ओलीलाई प्रधानमन्त्री भईरहने वैधानिकता छैन् ।’
नेता सिहंले ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा पारेको बताए । लोकतन्त्र जोगाउनको लागी आफुहरुले पार्टी सभापति शेर बहादुर देउवा लाई भेटेरै देशलाई संकट परेको बेला चुप लागेर नबसी सरकारको नेतृत्व गर्न आग्रह गरेको जानकारी दिए ।
कांग्रेस कम्जोर भएको मौकामा ओलीले देशलाई नै कम्जोर बनाएको भन्दै नेता सिंहले भने ‘देशमा कम्युनिष्टहरु असफल भईसके , यीनीहरुले न संबिधान नै जारी गर्न सकेका हुन, न त संविधान कार्यन्वयनमा नै सफल हुन सके ।’
















व्यवसायी दीपक भट्ट पक्राउ
सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया