नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने

काठमाडौँ ।नेपालको साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका सङ्गीतकार नातिकाजी श्रेष्ठको स्मृतिमा नातिकाजी स्मृति समाजले विभिन्न साङ्गीतिक हस्तीलाई पुरस्कृत गर्ने भएको छ ।
नातिकाजी स्मृति समाजको कार्यसमितिको आज बसेको बैठकले विभिन्न कलाकार तथा स्रष्टालाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
समाजले एक विज्ञप्ति जारी गर्दै ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, गायक जुजुकाजी रञ्जीत, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकाररगायकरसङ्गीतकार डा भीमार्जुन आचार्य, सङ्गीतकार निर्वाणसिंह गुरुङ, गीतकार साबु गदाल, गीतकार तथा सङ्गीतकार अष्ट लामालाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, सङ्गीतकार ताराप्रकाश लिम्बू, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारीलाई पुरस्कृत गरिनेछ । ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा तथा गायिका विपना तामाङलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’बाट प्रमोद उपाध्यायलाई पुरस्कृत गरिनेछ भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ पत्रकार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गर्ने निणय भएको समाजले जनाएको छ ।
हरेक वर्ष नातिकाजी श्रेष्ठको जन्मजयन्ती ९पुस ३ गते० का दिन पुरस्कार घोषणा गर्दै आएकामा आमनिर्वाचन तथा विविध कारणले यस वर्षको पुरस्कार घोषणामा ढिलाइ समाजका सचिव विश्वास घिमिरेले जानकारी दिनुभयो । सम्मान तथा पुरस्कार सम्र्पण कार्यक्रमको मिति, समय र स्थानपछि सार्वजनिक गरिने उनले बताए ।
















लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
सेयर बजारमा सामान्य वृद्धि
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया