राजश्व छलीको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक दाससहित ५ जनाविरूद्ध मुद्दा दायर

काठमाडाैं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार उनीहरुले रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ ।
उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ । राजश्वमा हानी नोक्सानी पु¥याउने ध्येयका साथ गलत कागजात तयार पारी ठगी गरेको पाइएको छ ।
उनीहरुले भन्सार शुल्क रु ११ लाख ३५ हजार ८८७, मूल्यअभिवृद्धि कर रु ४६ लाख ७३ हजार २०४ र आयकर रु ५४ लाख ९६ हजार ४२३ गरी कूल रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको ठगी गरेको अभियोग लागेको छ । विभागले सवारी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार, भन्सार प्रतिनिधि श्रेष्ठ तथा व्यवसायी विकासलाल दासविरुद्ध समेत पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध बिगोअनुसार कारवाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो ।









विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
प्रतिक्रिया