राजश्व छलीको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक दाससहित ५ जनाविरूद्ध मुद्दा दायर

काठमाडाैं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार उनीहरुले रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ ।
उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ । राजश्वमा हानी नोक्सानी पु¥याउने ध्येयका साथ गलत कागजात तयार पारी ठगी गरेको पाइएको छ ।
उनीहरुले भन्सार शुल्क रु ११ लाख ३५ हजार ८८७, मूल्यअभिवृद्धि कर रु ४६ लाख ७३ हजार २०४ र आयकर रु ५४ लाख ९६ हजार ४२३ गरी कूल रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको ठगी गरेको अभियोग लागेको छ । विभागले सवारी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार, भन्सार प्रतिनिधि श्रेष्ठ तथा व्यवसायी विकासलाल दासविरुद्ध समेत पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध बिगोअनुसार कारवाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो ।

















अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग
घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते
आज सुर्खेत र बाँकेमा कांग्रेसले चुनावी सभा गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया