कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका तीन सांसद पार्टीबाटै निश्काशित, प्रकाश ज्वालालाई केन्द्रले कारवाही गर्ने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पक्षमा फ्लोर क्रस गरेर मत दिने तीन जना प्रदेश सभाका सांसदलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
कर्णाली प्रदेश कमिटिको शनिवार सुर्खेतमा बसेको वैठकले प्रदेश सभाका सांसदहरु नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।
उनीहरुलाई वैशाख ३ गतेकै मितिबाट लागु हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको एमालेले जनाएको छ । तीनै जना सांसदहरु नेकपा एमालेको कर्णाली प्रदेश कमिटि सदस्यका रुपमा पनि क्रियाशिल थिए ।
फ्लोर क्रस गरेकै अर्का सांसद प्रकाश ज्वालालाई भने कारवाहीका लागि पार्टी केन्द्रलाई सिफारिस गरेको छ । केन्द्रीय महाधिवेशन आयोजक समितिको सदस्य रहेका कारण उनलाई भने कारवाहीको लागि केन्द्रमा सिफारिस गरिएको कर्णाली प्रदेश कमिटिले जनाएको छ । तर ज्वालालाई पनि साधारण सदस्य समेत नरहने गरी नै कारवाही गर्न प्रदेश कमिटिले केन्द्रलाई सिफारिस गरेको छ ।
उनलाई प्रदेश कमिटिले सिधै कारवाही गर्न विद्यानत: नमिल्ने भएकोले कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको हो ।
तीन सांसदलाई साधारण सदस्य समेत नरहने गरी निश्कासन र ज्वालालाई केन्द्रमा कारवाही सिफारिस गरिएको बैठकपछि कर्णाली प्रदेशका एमाले अध्यक्ष गोरखवहादुर बोगटीले वक्तब्यमार्फत जानकारी दिएका छन् ।
शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा यी चार जना एमालेका सांसदले पार्टी ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेर शाहीको पक्षमा मत दिएका थिए ।
एमालेका यही चार सांसदले पक्षमा मत दिएपछि शाहीको मुख्यमन्त्री पद जोगिएको थियो ।
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया