हावाहुरीले बन्दीपुरकाे जलदेवी विद्यालयको छानो उडायो

दमौली । आज साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो ।
हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए । उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ ।
घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताए । त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लबको भवन र भुवन रानामगरको टनेलहाउसमा पनि क्षति पुगेको छ । “वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ”, उनले भने । जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया