तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरे । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । २३ मत बदर भएको थियो ।
सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनीमा ३४७, डुम्रेमा २६१, थर्पुमा १२१, सत्रसयमा ४७, विमलनगरमा ४१ र बन्दीपुरमा ४८ सदस्य रहेको संघका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत भएको थियो ।
संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भए । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, संघको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भए । (रासस)

















निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया