स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु

वालिङ (स्याङ्जा) । यहाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ ।
हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । यहाँको हावापानी, माटो तर्बुजा खेतीका लागि उपयुक्त हुने देखिएकाले व्यावसायिकरुपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरिएको उनले बताए ।
“सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती सुरु गरिएको छ” उनले भने, “पहिलो चरणमा यहाँका किसानले परीक्षणका रुपमा लगाएका छन् । यो राम्रो हुनासाथ ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिन्छौँ ।”
यहाँ उत्पादित तर्बुजा किसान आफँैले बिक्री गर्नसक्ने र यदि नसकेमा नगरपालिकाले जिम्मा लिने उनले बताए । भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान, वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । यसपटक १८ किसानले तर्बुजा रोपेका छन् ।
यहाँ रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्ममा उत्पादन लिन सकिने परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले जानकारी दिए । जिल्लामै पहिलो, नयाँ र नमूनाखेती भएकाले यहाँका किसान यसखेती प्रविधि बुझेर व्यावसायिक उत्पादनमा लाग्न सक्ने उनले बताए ।
लक्ष्मी र सरस्वती दुई जातका तर्बुजा नमुना परियोजनाका रुपमा रोपिएका छन् । नगरपालिकाले तर्बुजाका साथै सिम्ला मिर्च, अकबरे खुर्सानीसहित बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया