प्रदेश १ प्रदेश सभाको जारी गतिरोध अन्त्य गर्न मुख्यमन्त्री राईले सम्वाधेन गर्ने
अवरोध गरे अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी

मोरङ । प्रदेश १ को प्रदेश सभामा जारी गतिरोध अन्त्य गर्न मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् ।
विशेष समयमा मुख्यमन्त्री राईलाई बोल्न नदिए प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सदनमा आइतबार मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेको बताए ।
‘प्रतिपक्षी दलहरूले विशेष समयमा मुख्यमन्त्रीलाई बोल्न नदिए त्यसपछि सरकारले निर्णय लिन्छ,’ उनले भने, ‘अहिले सदनको गतिरोध अन्त्यका लागि प्रतिपक्षी दलहरूसँग छलफल गरिरहेको र निकास ननिस्किए सरकारले निर्णय लिने छ ।’
सत्ता समर्थक दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सहमति कायम नगरेसम्म सरकार प्रमुखलाई जबरजस्ती बोल्न नदिने बताए । सदनमा अबरोध कायमै रहने उनको भनाई छ ।
प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सदन अवरोध गर्दै आएका दलहरूसँग सहमति नगरेसम्म मुख्यमन्त्री राईलाई प्रदेशसभा बैठकमा बोल्न नदिने बताए ।
चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरूको स्रोतको सुनिश्चितताको माग गर्दै एमाले बाहेकका दलले प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।









नक्कली नोटसहित सर्लाहीबाट एक जना पक्राउ
बाघ गणना पुस १ गतेदेखि
समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
प्रतिक्रिया