आइतबार, वैशाख ७, २०८२

अनामनगरस्थित बुलबुले मार्गमा एक महिलाको बीभत्स हत्या, देवर पक्राउ

मेरोन्यूज २०७८ वैशाख ५ गते ११:३९

काठमाडौं। अनामनगरस्थित बुलबुले मार्गमा हिँडिरहेकी एक महिलाको बीभत्स हत्या भएको छ ।

शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीको फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवर मोहनराज राजभण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा फलामको रड प्रहार गरेर देवरले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । देवर भाउजूबीच पहिले देखिनै मनमुटाब भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया