शनिबार, फागुन ९, २०८२

भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडायो

मेरोन्यूज २०७८ वैशाख ५ गते १३:०२
तस्बिर सौजन्यः गणेश मगरको फेसबुकबाट

काठमाडौं । शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो।

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन्।

तस्बिर सौजन्यः गणेश मगरको फेसबुकबाट

पुलको निर्माण तीन वर्षअघि शुरु गरिएको थियो । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले जानकारी दिइन्। रासस

तस्बिर सौजन्यः गणेश मगरको फेसबुकबाट

प्रतिक्रिया