गृहमन्त्री बादलद्वारा पदभार ग्रहण(फोटाे फिचर)

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले आज गृहमन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गाेपनियताकाे शपथ लिएपछि थापाले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
राष्ट्रपति भण्डारीले आजै थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । पदभार ग्रहणपछि गृहमन्त्री थापाले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए । नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा समाहित भएसँगै राष्ट्रियसभा सदस्य र मन्त्री पद गुमाएका ‘बादल’ले पुनः गृहमन्त्रीका रुपमा शपथ लिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वदर गर्ने सर्वोच्च अदालतको फैसलापछि एमालेमा समाहित भएका बादलको सासंद पद रिक्त गराउन माओवादी केन्द्रले संघीय संसद् सचिवालयलाई लिखित पत्र दिएको थियो । संसद् सचिवालयले आइतबार बिहान बादलको सांसद पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।























निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया