कांग्रेसले क्रियाशील सदस्यता वितरण अझै टुङ्ग्याउन सकेन
आज पनि केन्द्रीय समितिमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे बस्ने बैठकमा महाधिवशेनको तयारीका विषयमा भइरहेको प्रगतिसँगै समसामयिक विषयमा छलफल हुने नेतृ पुष्पा भुषालले जानकारी दिइन् ।
यसअघि हिजो दिउँसो बस्ने भनिएको बैठक संस्थापन र इतर पक्षबीच सहमति हुन नसक्दा स्थगित भएको थियो । हिजो कै बैठकका एजेन्डामाथि आज छलफल हुन लागको नेतृ भुषाालले बताइन् ।
१४ औं महाधिवेशनको कार्यतालिका अन्तर्गतको क्रियाशील सदस्यता दर्ताको विषयमा छलफल हुने नेता प्रदीप पौडेलले बताए । गत चैत मसान्तसम्ममा क्रियाशील सदस्यता दर्ता प्रक्रिया सक्ने भने पनि कांग्रेसले हालसम्म ६ लाखको मात्र नाम दर्ता भएको छ ।
क्रियाशील सदस्य ९ लाख बनाउने लक्ष्य रहेको कांग्रेसले बताउँदै आएको छ । क्रियाशील सदस्यको नाम दर्ता गर्न अझै समय थप्न पर्ने भएको छ ।
दर्ताको काम सकिएपछि छानविन गर्नुपर्ने भएकाले आगामी भदौमा महाधिवशेन गर्न यही रफ्तारमा काम गर्दा नभ्याउने पौडेलको भनाई छ ।
भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले अब कार्यतालिका केही संशोधन गरेर भएपनि फास्ट ट्रयाकबाट काम गर्नुपर्ने पौडेल बताउँछन् ।
यसअघि चैत २१, २७ र ३० गते बोलाएको बैठकमा पनि क्रियाशील सदस्यता वितरण गर्ने विषयमा संस्थापन र इतर पक्षबीच सहमति हुन नसक्दा बैठक सर्दै आएको थियो ।
आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम, नयाँ सरकार बनाउन माओवादी केनद्रले गरिरहेको पहल लगायत विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया