आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौँ। आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो । संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यो दिवसको उद्देश्य महिला यौनाङ्गछेदनको अन्त्यका लागि भइरहेका प्रयासलाई अझ सशक्त र प्रभावकारी बनाउनु हो ।
यो दिवसले सबै देशका सरकार, नागरिक समाज, समुदाय, परोपकारी संस्था तथा अन्तरराष्ट्रिय समुदायबाट निरन्तर संलग्नता र लगानीको आवश्यकतामा जोड दिएको छ । राष्ट्रसङ्घका अनुसार हाल विश्वभर जीवित २३ करोडभन्दा बढी महिला तथा किशोरी महिला यौनाङ्गछेदनको सिकार भइसकेका छन् र उनीहरूलाई उपयुक्त स्वास्थ्य तथा संरक्षण सेवाको आवश्यकता छ । प्रत्येक वर्ष करिब ४० लाख किशोरी यो हानिकारक अभ्यासको सिकार हुने गरेका छन्भने २० लाखभन्दा बढी पाँच वर्ष उमेर नपुग्दै यो पीडाबाट गुज्रिन बाध्य हुने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला यौनाङ्गछेदनविरुद्धको शून्य सहनशीलता दिवसमा महिला तथा किशोरीका अधिकार संरक्षण गर्ने प्रतिबद्धता पुनः नवीकरण गर्न आह्वान गर्नुभएको छ । उनले भनेका छन्, “महिला र किशोरीहरू हिंसा र डरबाट मुक्त भएर बाँच्न पाउने सुनिश्चितता हाम्रो साझा दायित्व हो ।
सँगै मिलेर हामी यो अन्यायलाई सदाका लागि अन्त्य गर्न सक्छौँ ।” यसैगरी, राष्ट्रसङ्घीय जनसङ्ख्या र बालकोषले पनि प्रत्येक महिला, किशोरी तथा बालिकालाई यौनाङ्गछेदनबाट मुक्त जीवन बाँच्न पाउने सुनिश्चितताका लागि आवश्यक कार्य गर्न विश्व समुदायलाई आह्वान गरेको छ ।
















किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
प्रतिक्रिया