शुक्रबार, माघ २३, २०८२

झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु

मेरोन्यूज २०८२ माघ २३ गते ८:१२

बिर्तामोड। भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् ।

आक्रमणबाट गम्भीर घाइते हुनुभएका उहाँको अस्पताल पु¥याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए।

प्रतिक्रिया