शहरी क्षेत्रको विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाको जोखिम वढेको निश्कर्ष निकाल्दै तत्कालका लागी शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय वन्द गर्ने निर्णय गरेको हो ।
कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,’ गुरुङले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ (१४ जिल्ला) लाई लाई अति प्रभावित जिल्लाका रुपमा वर्गीकरण गरेर तत्काल विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै आएको थियो ।
त्यस्तै सरकारले रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।
ती क्षेत्रहरुमा मान्छेहरुको भीडभाड हुदा कोरोना जोखिम वढेको सरकारको निश्कर्ष छ । यी क्षेत्रहरु बन्द गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको थियो ।
अव २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी सरकारले त्यस्तो भेलामा पनि रोक लगाउने निर्णय गरेको हो ।
रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज अव दर्शकविना सन्चालन हुनेछ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया