अविश्वास प्रस्ताव दर्तापछिको तरंग
लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्धारा मन्त्रिमण्डल पूर्नगठन, आजै सपथ
आफ्नै विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ नेतालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाउन लागेका छन् ।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफु विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाकै नेताहरुलाई समेटेर मन्त्रिमण्डल पूर्नगठन गर्न लागेका छन् ।

जसपाका ४ नेताहरु सुमन रायमाझी, विजय यादव, सन्तोष पाण्डे र कल्पना पाण्डेलाई मन्त्रीमण्डलमा सहभागी गराउने गरी उनले आजै मन्त्रिमण्डल पूर्नगठन गर्न लागेका हुन् । चारमध्ये कल्पना पाण्डेयबाहेक अन्य तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री पोखरेलका विरुद्ध ४१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
अविश्वास प्रस्तावमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरिएको थियो ।
त्यसलगत्तै पोखरेल नेतृत्वको सरकारको आन्तकिर मामिला तथा कानुन मन्त्री रहेका केसी र अर्का सामाजिक विकास मन्त्री सुर्दशन वरालले राजनिामा दिएका थिए । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएसागै दुई मन्त्रालय थप गरेर पोखरेलले आफ्नै विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ नेतालाई मन्त्री बनाउन लागेका छन् ।
एमालेसग त्यहा ४१ सांसद छन् । सरकार वनाउन ४३ सांसदको आवश्यक पर्छ । एमाले एक ढिक्का रहेमा र जसपाका नेताहरुको साथ पोखरेलले आफनो पक्षमा पारेमा उनको पद जोगिनेछ ।
पोखरेलले पूर्नगठन गर्न लागेका मन्त्रीहरुको आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ । आजै ४ बजे मन्त्रीहरुको सपथ ग्रहण हुनेर त्यसलगत्तै मन्त्रिमण्डलको वैठक समेत तय गरिसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया