बिहीबार, चैत १९, २०८२

सिआईबीको अपरेसन

यी हुन् नक्कली प्रमाणपत्रधारी ७ डाक्टर

पक्राउ परेका चिकित्सकहरु कहाँ-कहाँ कार्यरत थिए ?

मेरोन्यूज २०७८ वैशाख ६ गते १६:३२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ७ जना नक्कली चिकित्सकहरुलाई पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सिआइबीले सप्तरी विष्णुपुर-२ घर भई हाल मोरोङ विराटनगर महानगरपालिका-५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा-९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा-५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका-२ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ, महोत्तरी सरपल्लो-६ घर भई हाल जनकपुर उपमहानगरपालिका-७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका-५ घर भई हाल ललितपुर महानगरापालिका-२ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस -५ का दिपेन्द्र गौतमलाई पक्राउ गरेको हो ।

सिआइबीले महाराजगञ्जस्थित कार्यालयमा नक्कली प्रमाणपत्रधारी डाक्टर र एक जना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआबीकी प्रवक्ता प्रहरी उपरीक्षक एसपी गंगा पन्तले जानकारी दिइन्।

पक्राउ परेका अन्य कहाँ कार्यरत थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी पन्तले बताइन् ।

प्रतिक्रिया