बिहीबार, चैत १९, २०८२

बन्चरो प्रहार गरी लुटपाट गर्ने ३ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख ६ गते २०:१५

काठमाडौं । प्रहरीले बन्चरो प्रहार गरी लुटपाट गर्ने ३ जनालाई पक्राउ गरेको छ । यही वैशाख ३ गते राति बालाजु चोक नजिकै चक्रपथमा लुकेर रूकुमका रमेश चनारालाई लुटपाट गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउ पर्नेमा गोरखाको नाम्जुङ्ग–३ स्थायी ठेगाना भई हाल कामपा–१६ बस्ने वर्ष १८ का सुमन परियार, ओखलढुंगाको पतलेछेर्मादिङ गाउँपालिकापा–६ स्थायी घर भई सोही ठाउँ बस्ने वर्ष १८ का छिरिङ मोक्तान र मकवानपुरको पालुङ–८ स्थायी ठेगाना घर भई सोही ठाउँ बस्ने वर्ष २१ का सुरज तामाङ छन् ।

प्रहरीले उनीहरूको साथबाट १ थान कालो बिड भएको फलामे बन्चरो, १ थान सुन जस्तो देखिने अन्दाजी डेढ तोलाको सिक्री र १ थान मोबाइल बरामद गरेको छ ।

उनीहरूले रूकुम मुसिकोटका चनारालाई बन्चरो प्रहार गरी सख्त घाइते बनाई लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गरेर भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई गंगाहल नजिकबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया