एमालेमा संघर्ष चर्कियो
देउवा भेट्न बूढानीलकण्ठ पुगे, नेपाल र खनाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपालबीच संघर्ष चर्किरहेका बेला वरिष्ठ नेता खनाल र नेपाल प्रमुख प्रतिपक्षी दलका सभापति भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र खनालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेकै दिन उनीहरु प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुुगेका हुन् । प्रधानमन्त्री ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको अवस्थामा सत्तारुढ दलकै वरिष्ठ नेताले कांग्रेस सभापति देउवासँग गरेको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
पार्टी विधान विपरित गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले आजै नेपाल–खनाल पक्षीय २७ संघीय सांसद र कर्णाली प्रदेशका ५ सांसदलाई ४८ घन्टे स्पष्टीकरण सोधेका थिए । ओलीले स्पष्टीकरण पत्र थमाएसँगै आज अर्याल होटल बानेश्वरमा बसेका नेपाल–खनाल पक्षीय सांसदले आफूहरुले छुुट्र्ट पार्टी गठन गर्न नलागेको भन्दै एमालेभित्रै संघर्ष गर्ने निर्णय गरेका थिए ।








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया