वीरगञ्जमा सरकारी मूल्यमा गहुँ खरिद शुरु

वीरगञ्ज । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो ।
यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्न आकर्षित हुन थालेका छन् । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १११ रुपैयाँ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ बिक्री गर्न थालेको किसान विजय पण्डितले बताए ।
संघीय सरकारले यस वर्ष तीन हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ । पहिलो दिन मङ्गलबार ४० क्विन्टल गहुँ खरिद गरिएको कार्यालय प्रमुख विकास कटुवालले बताए ।
संस्थानले एक किसानसँग बढीमा ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।
अहिले गहुँको बजार मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ छ । स्थानीय मैदा मिलहरूले प्रतिक्विन्टल तीन हजार एक सय रुपैयाँका दरले किसानसँग खरिद गर्दै आएका छन् ।
पर्सामा यस वर्ष किसानहरुले २६ हजार ५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी ८५ हजार ९६५ मेट्रिकटन गहुँ उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए ।
चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले सोना मन्सुली धान ३५ हजार क्विन्टल र जिरामसिनो धान ११६ क्विन्टल खरिद गरेको छ ।









जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया