एकै दिन १३ मुद्दा फैसला

मकवानपुर । जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन १३ मुद्दा फैसला गरेको छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ ।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला भएको तथा तीनमा आदेश जारी भएको छ । यस्तै न्यायाधीश कमलराज विष्टका इजलासमा आठ मुद्दाका पेशी तोकिएकामा पाँचको फैसला भएको तथा तीनमा आदेश जारी भएको हो । यसै गरी न्यायाधीश मनोज श्रेष्ठका इजलासमा सात मुद्दाका पेशी तोकिएकामा एकको फैसला भएको तथा छ मुद्दाको आदेश जारी भएको थियो ।
न्यायाधीश सीता शर्मा अधिकारीका इजलासमा सात पेशी तोकिएकामा चार फैसला भएको तथा तीन आदेश जारी भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए । यस्तै जिल्ला अदालत मकवानपुरको इजलासमा आज लागि १९ मुद्दाको पेशी तोकिएको जनाइएको छ ।
–––रासस









आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया