कास्की आदर्श समाज, समाज सेवामा छुट्टै पहिचान बनाउदै

पोर्चुगल । कास्की आदर्श समाज अन्तरराष्ट्रिय समन्वय परिषद् समाज सेवामा छुट्टै पहिचान बनाउने अभियानमा लागिपरेको छ । नेपालको कास्की जिल्लामा जन्मी पोर्चुगलमा आफ्नो कर्मथलो बनाउँदै आएका कस्केलीले आफ्नो समग्र विकास गर्ने हेतुले ‘विश्वका कस्केलीहरु एक जुट हाँै” भन्ने नाराका साथ सन् २०१७ मा १४ राष्ट्रमा १६ राष्ट्रिय समितिका रुपमा कास्की आदर्श सेवा समाज अन्तरराष्ट्रिय समन्वय परिषद् स्थापना भएको हो । दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयनपछि समाजले सामाजिक कार्यमा सक्रिय भूमिका खेलेको छ ।
गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, मानवाश्रम केन्द्र, लगानी बोर्ड, प्रकोपबाट समस्याग्रस्त कस्केलीलाई सहयोग, खेलकूदका विकासमा सहयोग, समाजिक सचेतना फैलाउनेलगायत काममा परिषद्ले अग्रसरता देखाएको छ ।
बालबालिकालाई छात्रवृत्ति
समाजका उपाध्यक्ष सीता बरालको संयोजकत्वमा आदर्श शैक्षिक अक्षय कोष गठन गरिएको छ । पहिलो चरणमा चार गाउँपालिका र एक महानगरपालिकाका गरीब तथा जेहेन्दार ५० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बरालले बताए । स्थानीय तह, विद्यालय, शैक्षिक संस्थासँग मिली वास्तविक समस्यामा परेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने र नयाँ शैक्षिक सत्रदेखि नै छात्रवृत्ति लागू गरिने समाजले जनाएको छ ।
आदर्श सेवा सदन दुई वर्षमा
गरीब, असहाय र ज्येष्ठ नागरिकको सहारा बनाउने उद्देश्यले समाजले रु दुई करोड लगानीमा पचास जनाको क्षमता भएको आदर्श सेवा सदन बनाउने भएको छ । दुई वर्षमा पोखरा महानगरपालिका– २६ को पुरानो चौर सामुदायिक वन उपभोक्ता समितिको स्वामित्वमा रहेको २५ रोपनी जग्गामा भवन निर्माण गर्ने लक्ष्य लिइएको छ ।
सेवा सदन दीर्घकालीनरुपमा सञ्चालनमा ल्याउन ५० प्रतिशत आर्थिक स्थिति राम्रो भएको परिवारसँग शुल्क लिएर सेवा प्रदान गरिने र ५० प्रतिशत आर्थिक स्थिति नाजुक भएका सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गरिने छ । गण्डकी प्रदेशस्तरीय ७० शय्याको अस्पताल निकट सेवा सदन रहने भएकाले सेवाग्राहीलाई स्वास्थ सेवा प्रदान सहज हुने समाजका महासचिव हंसराज ढकाल क्षत्रीले बताए ।
लगानीको मुनाफा समाज सेवामा
परिषद्का संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिनाका अध्यक्षतामा लगानी बोर्ड गठन गरिएको छ । बोर्डले रु १०० बराबरको कित्ताअनुसार विदेशमा रहेका र विदेशमा रही फर्केकाबाट रु ५० करोड पूँजी भएको संयुक्त लगानी कम्पनीको स्थापना गर्दै समग्र जिल्लाका वित्तीय संस्था, लघु जलविद्युत्, पर्यटन व्यवसाय, खाद्यान्नलगायत क्षेत्रमा काम गर्ने लक्ष्य राखेको समन्वय समितिका अध्यक्ष गोविन्द पौडेल जानकारी दिए ।
पहिलो चरणमा जिल्लामा माछामासुबाट तयार हुने खाद्य परिकार उत्पादन र बिक्रीवितरण गरिने जनाइएको छ । उत्पादित मासु र मासुजन्य सामग्री कास्कीका बजारमा बिक्रीवितरण गरिने छ । उक्त बिक्रीवितरणबाट आएको मुनाफाबाट छुट्याएर समाजसेवामा खर्च गरिने पौडेलले बताए ।
राष्ट्रिय समितिको सक्रियता
समाज नेपाली संस्कृतिको जगेर्ना, नेपाली भाषाका पुस्तक प्रकाशन, रोजगारीका लागि तालीम आदि दिँदै कागजपत्रका समस्या आदि हल गर्ने, बिरामी भइबसेका रोजगारी गुमाएर जीविकोपार्जन गर्न कठिनाइ भएका नेपाली समुदायसँग सहकार्य गर्दै समस्या समाधान गर्न सक्रिय छ । जिल्लाका बाढीपहिराबाट प्रभावि समुदायलाई आर्थिक सहयोग गर्नाका साथै स्थानीयस्तरमा निर्माण हुने मठमन्दिरमा सहयोग गर्दै आएको समाजले जनाएको छ । रासस

















नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु
76th Democracy Day celebrated in Portugal
6,622 students of Pokhara University being graduated today
13 days to HoR Elections: EC opens TikTok competition for election publicity
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया